News
रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनल खेल वडा नम्बर १८ र १३ बीच सम्पन्न भएको छ।
उक्त खेलमा वडा नम्बर १८ ले १३ लाई ७-० को एकपक्षीय जित हात पार्दै उपाधि नजिक पुगेको हो। गोलको बर्षा गरेको वडा नम्बर १८ का लागि रबिन चौधरी 'B' ले ह्याट्रिक पुरा गरेका हुन् भने रेशम चौधरी,निशान खड्का,उज्वल सुनार,निश्चल परियार ले समान एक एक गोल गरेका हुन्।
शनिबार उपाधिका लागि वडा नम्बर १२ र १८ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन् भने दिनको ठिक १२ बजे महिला मैत्रीपूर्ण खेल SSFA तुलसीपुर र लुम्बिनी फुटबल एकेडेमीको घोराही प्रतिस्पर्धा गर्ने भएका छन्।
तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता भएको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा
- दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिता अन्तर्गत वडा नं. ९ र ११ बीचको नतिजा उल्टियो