बुटवल । झरना स्पोर्टस क्लब, जनज्योति क्लब, आरकेएफसी र एन्फा एकेडेमी जारी स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको दिनको पहिलो खेलमा झरनाले समपुर्ण युवा क्लबलाई १–० ले हरायो । झरनाको जितमा अशोक घर्ती मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अशोक घर्ती नै म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा जनज्योतिले डिएस युनाइटेडलाई ३–१ ले हरायो । जनज्योतिको जितमा बिजन सुर्यवंशीले दुई गोल गर्दा थप एक अस्मित शर्माले गरे । उता पराजित डिएसका लागि अनुप गुरुङले गोल गरे । खेलमा जनज्योतिका दुई गोलकर्ता बिजय सुर्यवंशी म्यान अफ दि म्याच चुनिए ।
तेस्रो खेलमा आरकेएफसीले बुद्धभुमी एकेडेमीलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा आरकेएफसी ३–२ ले विजयी बन्यो । खेलमा आरकेएफसीका आकाश चौधरी म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै चौथो खेलमा एन्फा एकेडेमीले दोभान एफसीलाई पेनाल्टी शुटआउट मै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी मै सकिएपछि पेनाल्टी शुटआउटमा एन्फा एकेडेमी १–० ले विजयी बन्यो । खेलमा एन्फा एकेडेमीका विप्लप गुरुङ म्यान अफ दि म्याच बने ।
गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही पुष १४ गतेका दिन हुनेछ ।