काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार भएका अन्य दुई खेलहरुमा एनआरटी र चर्च ब्वाईजले बराबरी खेल्दा सातदोबाटो युथ क्लबले महत्वपूर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र चर्च ब्वाईजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा एनआरटीका अस्विन राई प्लेयर अफ दि म्याच घोषित भए ।
यो नतिजापछि एनआरटीको खातामा २६ खेलबाट २८ अंक छ र लिगतालिकाको दशौं स्थानमा छ । उता ४९ अंक जोडेको चर्च ब्वाईज पाँचौं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा सातदोबाटोले एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । सातदोबाटोको जितमा डेविट शिवाकोटी र एरिस खत्रीले गोल गरे । उता पराजित एपिएफका लागि भने सुशान्त ढकालले गोल गरेका थिए ।
खेलमा सातदोबाटोका डेविट शिवाकोटी प्लेयर अफ दि म्याच चुनिए । यो नतिजापछि २६ खेलमा पहिलो जित हात पारेको सातदोबाटो ३ अंकका साथ पुछार मै छ । उता पराजित एपिएफको खातामा भने ३८ अंक छ र लिगतालिकाको सातौं स्थानमा छ ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने