घैरुङ । हिमालय देवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, घैरुङ, पिपलछाप, गोरखाको आयोजनामा यही पुष २६ देखि माघ १ गतेसम्म १२औं शहिद लखन हिमालय देवी कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता र माघे संक्रान्ती मेला हुने भएको छ ।
शहिद गाउँपालिका–६, घैरुङ, पिपलछाप स्थित आयोजक क्लब कै व्यवस्थापनमा रहेको खेलमैदानमा हुने प्रतियोगिताको पुष २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८५०० र धरौटी वापत १५०० गरी कुल १०००० तोकिएकोे छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यसबाहेक ऐतिहासिक गोरु जुधाई, खुला दौड, कृषि प्रदर्शन र विभिन्न साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आर्थिक संयोजक राम गुरुङले जानकारी दिए ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन