News कञ्चनपुरको पुनर्वासमा सातौं ऐतिहासिक अरनीको सैनिक कप सुरुl
गोलनेपाल

पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा मंगलबारबाट अरनीको युवा क्लबको आयोजनामा सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक सुरु भएको छ।

नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरको हातबाट भव्यताका साथ समुद्घाटन भएको उक्त प्रतियोगिताको पहिलो खेल पुनर्वास नगरपालिका ३ (सेतो) र न्यु बिरेन्द्र युवा क्लब बीच रोमाञ्चक प्रतिस्पर्धा सम्पन्न हुँदा उक्त खेलमा १-० को साँघुरो जित हात पार्दै पुनर्वास नगरपालिका वडा नम्बर ३ दोस्रो चरणमा प्रवेश गरेको छ।

वीरेन्द्र युवा क्लबलाई अधिकांश समय दबाबमा राखेको पुनर्वास नगरपालिका वडा नं.३ का लागि खेलको अन्तिम मिनेटमा सुवास ठाकुरीले गोल गर्दै अग्रता दिलाएका थिए। उक्त गोल नै त्यस खेलको निर्णायक गोल बन्न पुगेको थियो।

बुधबार पहिलो खेल अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेन्ड्स दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने सिदार्थ युवा क्लब (रातो) र सिङ्पाल बेलौरी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Post Comments