News लाङ्दी देवी ३३औं त्रिवेणी कपको क्वाटरफाइनलमा
गोलनेपाल

बेसीशहर । लाङ्दी देवी क्लब, नाल्मा यहाँ जारी प्रतिष्ठित ३३औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको एक मात्र खेलमा लाङ्दी देवीले चित्लाङ फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । लाङ्दी देवीको जितमा रिचार्ड विल्सनले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता विल्सन नै प्लेयर अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष १६ गतेको पहिलो खेल श्री भगवती क्लब एफसी, टोखा र त्रिवेणी युवा क्लबबीच हुनेछ भने दोस्रो खेल चर्च ब्वाईज युनाइटेड एफसी र बुद्ध युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २१ गतेका दिन हुनेछ ।

 

Post Comments