News गोर्खा ब्वाईज १३औं शुद्धोदन फर्साटिकर कपको क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ गोर्खा ब्वाईजले न्यु युथ युनियन क्लब, तानसेन, पाल्पालाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्न सफल भयो । गोर्खा ब्वाईजको जितमा अंकित गुरुङ र एलिस मगरले गोल गरे । गोर्खा ब्वाईजको जितमा एक गोल गरेका एलिस मगर खेलको म्यान अफ दि म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष १८ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक तथा साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र नव प्रवेशी टोली मोन्स्टर गाईज, सुनवल, नवलपरासीबीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।

 

Post Comments