News
३३औं त्रिवेणी कपः एपिएफ र लाङ्दीदेवी सेमिफाइनलमा
बेसीशहर । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं र लाङ्दीदेव फुटबल क्लब, नाल्मा जारी ३३औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले ठाडाराई समाजलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि सहजी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ ठाडाराईका लागी यामीले गोल गर्दा एपिएफका लागि प्रदिप लामाले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने एपिएफले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यस्तै बिहीबार नै भएको दोस्रो क्वाटरफाइनलमा पनि पेनाल्टी शुटआउटबाटै नतिजा निस्कियो । लाङ्दीदेवीले एनआरटीलाई पेनाल्टी शुटआउटमा निराश बनाउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
Post Comments