News उत्कृष्ट जितसँगै प्रभात फाइनलमा
गोलनेपाल

धरान । प्रभात सेकेण्डरी इङलिस बोर्डिङ स्कुल, धरान यहाँ जारी सातौं डिआईजिपी रनिङ कप कोशी प्रदेशस्तरीय अन्तर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलतर्फ प्रभातले पिनाकल ज्ञान मन्दिर, मोरङलाई ४–० ले पराजित गर्दै उपाधि नजिक पुग्न सफल भएको हो । प्रभातको जितमा भुवन भण्डारी र निमसाङ्ग मगरले समान दुई–दुई गोल गरे । प्रभातका कै गोलकर्ता निमसाङ्ग मगर प्लेयर अफ दि म्याच समेत चुनिए ।

अब यही पुष १९ गते शनिबार हुने फाइनलमा प्रभावत सेकेण्डरी इङलिस बोर्डिङ स्कुल, धरानले घरेलु टोली नेपाल पुलिस स्कुल (रातो), धरानसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल पुलिस स्कुल, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८१००५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४१००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments