News रुपन्देहीमा शुरु स्व. ईश्वरी प्रसाद ज्ञवाली (उपाध्याय) स्मृति दोस्रो राधाकृष्ण फुटसल कपको सेमिफाइनल समिकरण पूरा
सुरज राना मगर

बुटवल । रुपन्देहीको बुटवललाई कर्मथलो बनाई समाजसेवासँगै खेलकुदमा पनि सक्रिय राधाकृष्ण युवा क्लब, बुटवलको आयोजनामा शुरु स्व. ईश्वरी प्रसाद ज्ञवाली (उपाध्याय) स्मृति दोस्रो राधाकृष्ण फुटसल कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

कुल १९ टोलीहरुबीच तिलोत्तमा नगर स्थित लुम्बिनी फुटसलमा शुरु भएको खुला फुटसल प्रतियोगिताको पहिलो दिन शुक्रबार क्वाटरफाइनल खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको हो । शुक्रबार पहिलो दिनको खेल सकिदा ब्रिविङ पाठशालाको ए र बी टोलीसँगै गोर्खा ब्वाईज स्पोर्टस क्लब र बीएमसी सेमिफाइनलमा प्रवेश गरेका छन् । साथै सेमिफाइनल र फाइनल खेल पुष १९ गते शनिबारका दिन हुने खेल संयोजक लक्षु सिंजालीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक स्व. ईश्वरी प्रसाद ज्ञवाली (उपाध्याय) का कान्छा सुपुत्र तथा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष हरि प्रसाद श्रेष्ठ, वार्ड नम्बर ६ का वार्ड अध्यक्ष लोकनाथ न्यौपाने, आयोजक क्लबका अध्यक्ष रिम बहादुर सारुले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष रिम बहादुर सारुले बताए ।

Post Comments