News बंगलादेशमा पनि दिपाको लय, प्लेयर अफ दि म्याच पनि दिपा
गोलनेपाल

काठमाडौं । केही साता अघि मात्रै माल्दिभ्सको शिर्ष महिला लिग जितेकी नेपालकी स्टार मिडफिल्डर दिपा शाहीले अहिले बंगलादेशको महिला लिगमा पनि आफूलाई दमदार रुपमा प्रस्तुत गरेकी छिन् ।

बंगलादेशको शिर्ष महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबमा आवद्ध दिपाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई बंगलादेशमा पनि कायम राखेकी हुन् ।

दिपा र बिमला बिक आवद्ध राजशाहीले शनिबार नसरिन स्पोर्टस एकेडेमीमाथि १२–० को एकतर्फी जित हात पार्यो । खेलमा दिपाले ह्याट्रिकसहित चार गोल गरिन् र प्लेयर अफ दि म्याच समेत बनिन् ।

स्मरण रहोस, नेपाल कै अन्य दुई महिला खेलाडी पुजा राना र समिक्षा घिमिरे हाल फारसगञ्ज स्र्पोटिङ क्लबमा आवद्ध रहेर बंगलादेश कै शिर्ष लिग खेल्दैछन् ।

 

Post Comments