News जोर्डनमा जम्दै प्रिती, इतिहादका लागि प्रितीको गोल
गोलनेपाल

काठमाडौं । जोर्डनको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी अर्की चर्चित मिडफिल्डर प्रिती राईले जोर्डनको फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शन र प्रभावलाई कायम राखेकी छिन् ।

जोर्डन प्रो लिगतर्फ प्रितीको टोली इतिहादले फ्युचर नसामालाई ७–१ को अन्तरले हराउँदा एक गोल प्रितीको नाममा पनि रह्यो । प्रितीले उत्कृष्ट प्रदर्शन गर्दै ५७औं मिनटमा एक गोल गरेकी थिईन् ।

लिगमा हाल २३ अंक जोडेको प्रितीको टोली इतिहाद लिगतालिकाको शिर्ष स्थानमा कायम छ । इतिहादले आफ्नो आगामी खेल १० जनवरी शनिबारका दिन अल–इस्तिकलाल क्लबसँग खेल्ने कार्यक्रम रहेको छ ।

 

 

Post Comments