बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ रूपन्देहीको छैटौ साधारणसभाको अवसर पारी सुनचाँदी व्यवसायी संघ युवा समूहद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि मनोभव एफसीले जितेको छ ।
लुम्बिनी फुटसल एरिनामा सोमबार भएको फाईनलमा तिलोत्तमा सुनचाँदी व्यवसायी संघलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनोभवले उपाधि उचालेको हो । मनोभवको जितमा सुजन विक, सुजल बराल, सागर कामिले गोल गरे । तिलोत्तमाका अशोक सुनारले सान्त्वना गोल गरे ।
विजेता बनेको मनोभवले उपाधिसंगै नगद २२ हजार २ सय २२, कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपविजेता तिलोत्तमाले नगद ११ हजार १ सय ११ रूपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
एक समारोहका बीच बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, संघका केन्द्रीय सदस्य दीपक विश्वकर्मा, रूपन्देहीका अध्यक्ष गकुल विश्वकर्मा, सचिव चुडामणि विक, खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारी तथा कार्यक्रम संयोजन र व्यवस्थापनको जिम्मेवारी पाएका अनिल रसाइली, पुष्कर विश्वकर्मा, पुकार गहतराज र मन्जिल विश्वकर्मा लगायतले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा संघमा आवद्ध विभिन्न कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।