पथरी । "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने नाराका साथ आजबाट सुरु भएको तेस्रो पुष्पाञ्जली नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वि एम एकेडेमी बेलबारीले विजयी सुरुवात गरेको छ ।
लेटाङ फुटवल क्लवलाई १-२ गोल अन्तरले पराजित गर्दै वि एम एकेडेमी बेलबारीले सेमिफाईनलमा प्रबेश गरेको छ । वि एम एकेडेमी बेलबारीका लागि खेलको ३ मिनेटमा अशिम राईले गोल गर्दै अग्रता लिएका थिए । खेलमा एक पछि अर्को दवाब बनाएको वि एम एकेडेमी बेलबारीले खेलको २४ औं मिनेटमा युगेन राईले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको अतिरिक्त समयमा लेटाङका लागि शुशिल राईले गोल गरे पनि खेलमा फर्कन सकेन । दोस्रो हाफमा कुनै पनि गोल हुन सकेन खेल वि एम एकेडेमी बेलबारीले २-१ गोल अन्तर लेटाङलाई पराजित गर्यो ।
आजबाट सुरु भएको प्रतियोगिता पैस २९ गते सम्म संचालन हुने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सृजना सामुदायीक बन समुहका अध्यक्ष देउमान सुब्बा गर्नु भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक मुस्ताङ वियरले रहेको छ भने प्रायोजक अर्जुन खड्का र सहगोगी संस्थामा बेलबारी नगरपालिका वडा नं. १०, सृजना सामुदायिक बन, सिंहदेवी सामुदायिक बन रहेको छ ।
खेलको म्यान अफ दि म्याच विएम फुटवल एकेडेमि बेलबारीका योगेन राई घोषित हुदै नगद २ हजार प्राप्त गरे । भोलि बुधबारको दोस्रो खेल रतुवामाई नगरपालिका मोरङ र जुरी फुटवल क्लव सुनसरी बिच हुनेछ ।