News चित्लाङ गोल्डकप हुँदै
गोलनेपाल

थाहा । थाहा नगरपालिका, वार्ड नम्बर ९ र चित्लाङ खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा यही पुष २७ गतेदेखि चित्लाङ गोल्डकप खुला नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विद्यागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । उता प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9802062253, 9861755167, 9706585318, 98512286713 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments