News नवलपरासीमा दोस्रो जेनिथ कप माघ १६ गतेदेखि
सुरज राना मगर

सुनवल । जेनिथ युथ क्लब, सुनवल–३, किर्तिपुर, नवलपरासीको आयोजनामा आगामी माघ १६ गतेदेखि दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सुनवल–३, किर्तिपुर स्थित जेनिथ रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजक क्लबका सचिव हिमाल शेरपुजाले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको उता खेल संयोजक इन्द्र पुनले बताए । साथै टिमदर्ता शुल्क ७००० तोकिएको पनि खेल संयोजक पुनले जानकारी दिए । विस्तृत जानकारीका लागि ९८०६९३४९६५, ९८१२९००३४३ र ९७४९७९७२६० मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निकेश गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

 

Post Comments