रुद्रपुर । रुद्रपुर युवा क्लब, कञ्चन गाउँपालिका–४, रुद्रपुर, रुपन्देहीको आयोजनामा बुधबारदेखि शुरु भएको चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगितामा समपुर्ण युवा क्लब, सुपौलीले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा समपूर्णले आयोजक रुद्रपुर युवा क्लबलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । समपुर्णको जितमा सुगम ठकृुरी र दिनेश गुरुङले गोल गरे । समपुर्णका गोलकर्ता सुगम ठकुरी नै उद्घाटन खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
यो जितसँगै समपुर्ण क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष २४ गते बिहीबारको खेल एन्फा एकेडेमी बुटवल र गौतम सामुदायिक विकास केन्द्र, कञ्चन बीच हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिका, रुपन्देहीका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, आयोजक क्लबका अध्यक्ष लाल बहादुर थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो माघ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।