News युएईमा दोस्रो जिसिडी कप हुँदै
गोलनेपाल

काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जिसिडी रोयल गोर्खा फुटबल क्लबको आयोजनामा आउँदो फेब्रुअरी २१ तारीखका दिन दोस्रो जिसिडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाली कम्युनिटी फुटबल टोलीहरु बीच अल कोज स्थित डुल्स्को मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजक क्लबका सोमन गुरुङले बताए ।

प्रतियोगितामा हालसम्म कै सर्वाधिक पुरस्कार राशी राखिएको पनि अर्का सदस्य पुजन लामाले बताए । लामाका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार दिराम हात पार्नेछ भने उपविजेताले ५ हजार दिराम प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद १५०० दिराम प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यसबाहेक विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments