News एएफसी यु–२३ एसियन कपः जापान र भियतनाम सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साविक विजेता जापान र भियतनाम जारी एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोलीहरु बनेका छन ।

साउदी अरेबियाको जेद्दाह शहरमा भएको पहिलो क्वाटरफाइनलमा जापानले जोर्डनलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनायो । निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी नतिजा निस्किएपछि पेनाल्टी शुटआउटमा जापानले ४–२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै जेद्दाह मै भएको दोस्रो क्वाटरफाइनलमा भियतनामले युएईलाई ३–२ ले हरायो । यी दुई टोलीबीचको निर्धारित समयको खेल पनि रोमाञ्चक २–२ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा भियतनामले नतिजा आफ्नो पक्षमा पारेको हो ।

Post Comments