सिंवाबजार । घरेलु टोली सिंवा स्र्पोटिङ क्लब र श्री लालीगुराँस स्र्पोटिङ क्लब यहाँ जारी प्रथम माघेनी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा सिंवा स्र्पोटिङले ड्रिम ब्वाईज फुटबल क्लबलाई ६–३ को अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । सिंवाको जितमा दिपेश लिम्बु, पवन नेवाहाङ र जमिन लक्षमले समान दुई–दुई गोल गरे । उता पराजित ड्रिम ब्वाईजका लागि भने शुक्र लिम्बुले दुई गोल गर्दा थप एक गोल बिनम लिम्बुले गरे । खेलमा सिंवा स्र्पोटिङका जमिन लक्षम म्यान अफ दि म्याच बने ।
त्यस्तै आइतबार नै भएको दोस्रो सेमिफाइनलमा श्री लालीगुराँस स्र्पोटिङले बिसिएस मेमोरियल युथ क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भयो । श्री लालीगुराँस स्र्पोटिङका लागि दिपेश लिम्बु र हितेन लिम्बुले गोल गरे । पराजित बिसिएसका लागि भने मन्जित नुगोले एक मात्र गोल फर्काएका थिए । खेलमा विजयी टोलीका हितेन लिम्बु म्यान अफ दि म्याच बने ।
अब यही माघ ५ गते हुने फाइनलमा सिंवा स्र्पोटिङ क्लब र श्री लालीगुराँस स्र्पोटिङ क्लब उपाधिका लागि भिड्नेछन् ।
माघे मेला सञ्चालन समिति, सिंवाबजार, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५२०८२ रुपैयाँ प्राप्त गर्नेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई