News दोस्रो कुमरखत च्यालेञ्ज कपः सिमरबन क्वाटरफाइनलमा
गोलनेपाल

रामधुनी । प्रतिस्पर्धात्मक जित हासिल गर्दै सिमरबन क्लब, बराहक्षेत्र जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ सिमरबनले श्री पैठान युवा क्लब, इटहरीलाई ४–२ को अन्तरले हराउँदै सिमरबनले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सिमरबनको जितमा पामस तामाङ, सरन चौधरी, रितेश धामी र अनिल चौधरीले गोल गरे । उता पराजित श्री पैठानका लागि भने अजित चौधरी र अनुराग चौधरीले गोल फर्काएका थिए । खेलमा सिमरबनका सरन चौधरी म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ५ गते सोमबारको प्रिक्वाटरफाइनल खेल शान्तिनगर फुटबल क्लब, इटहरी र मधेसा फुटबल क्लब, इनरुवा बीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments