News युवा खेलाडी कुशाहाङ नेम्वाङलाई सहयोगको अपिल
गोलनेपाल

काठमाडौं । फुटबललाई नै आफ्नो दैनिकी र कर्म बनाई मैदानम होमिएका पाँचथरका कुशाहाङ नेम्वाङ अहिले फुटबलमा आफैले बुनेको सपना पूरा गर्ने कठिन मोडमा पुगेका छन ।

पुलिस क्लबबाट युथ लिग हुँदै ब्वाईज युनियन क्लबाट बी डिभिजन लिग समेत खेलिसकेका प्रतिभावान खेलाडी नेम्वाङ अहिले आफ्नो चोटमा मलहम पट्टी गर्न भौतारिरहेका छन् ।

खेल कै क्रममा गम्भिर रुपमा चोटिल बनेका नेम्वाङ अहिले मैदान बाहिर संघर्ष गरिरहेका छन् । अस्पतालमा एमआरआई गराउँदा एसिएलको समस्याका साथै घुँडामा पानी जमेको बताइएको छ । साथै जतिसक्दो चाँडो फिजियोथेरापी गर्नुपर्ने र आवश्यक परे शल्यक्रिया गर्नुपर्ने समेत अस्पतालले जनाएको छ ।

तर, कुशाहाङ नेम्वाङ आर्थिक समस्या कै कारण उनी थप मारमा परेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले सम्बन्धित निकाय, खेलप्रेमी र सबैमाझ सहयोगको अपिल गरेका छन् । उनी अझै फुटबल खेल्न चाहन्छन, फुटबलमा रमाउन चाहन्छन् ।

सहयोगका लागि कुशाहाङको बैंक विवरण र अस्पताल रिपोर्ट पनि हेर्नुहोसः

Post Comments