News सिंवा स्र्पोटिङलाई प्रथम माघेनी मेला गोल्डकपको उपाधि
गोलनेपाल

सिंवाबजार । माघे मेला सञ्चालन समिति, सिंवाबजार, ताप्लेजुङको आयोजनामा सम्पन्न भएको प्रथम माघेनी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली सिंवा स्र्पोटिङ क्लबले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा सिंवा स्र्पोटिङले श्री लालीगुराँस स्र्पोटिङ क्लबलाई ३–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । सिंवा स्र्पोटिङको जितमा पवन लिम्बुले दुई गोल गर्दा थप एक गोल दिपक लिम्बुले गरे । उता श्री लालीगुराँस स्र्पोटिङका लागि भने लोकेन्द्र थापा र हितेन लिम्बुले गोल गरे ।

विजेता बनेको सिंवा स्र्पोटिङले उपाधिसहित नगद ३५००८२ रुपैयाँ हात पार्यो भने उपविजेता श्री लालीगुराँस स्र्पोटिङले १७५०८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रापत गर्यो । विजेता टोली सिंवा स्र्पोटिङका पवन लिम्बु फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सिंवा स्र्पोटिङका आकाश लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर पनि सिंवा स्र्पोटिङ कै योगेश लिम्बु चुनिए । ड्रिम ब्वाईजका शुक्र लिम्बुले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी श्री लालीगुराँस स्र्पोटिङका हितेन लिम्बु घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री खगेन सिंह हङ्गम, आयोजक समितिका अध्यक्ष तेजविर लिम्बु र संरक्षक मच्छिन्द्र लिम्बु लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments