News छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
गोलनेपाल

मरिण । वार्ड नम्बर ७ र साविक विजेता वार्ड नम्बर ३ यहाँ जारी छैठौं मरिण गाउँपालिका अध्यक्ष कप वार्डस्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ५ लाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । त्यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर ६ लाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत माघ ६ गते विश्राम दिइएको आयोजकले जानकारी दियो । साथै माघ ७ गते हुने फाइनलमा वार्ड नम्बर ७ र वार्ड नम्बर ३ उपाधिका लागि भिड्ने छन् । त्यस्तै सोही दिन महिलातर्फ वार्ड नम्बर ३ र वार्ड नम्बर ४ पनि फाइनल प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो ।

 युवा तथा खेलकुद विकास समिति, मरिण गाउँपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ७ गतेका दिन हुनेछ ।

Post Comments