News साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपतर्फ नेपालले लिग चरणको आफ्नो चौथो खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

शुक्रबार मात्रै भारतसँग ८–१ को फराकिलो अन्तरले पराजित भएको नेपालले सोमबार अर्को बलियो टोली बंगलादेशससँग ३–० ले पराजित हुन पुग्यो । नेपालले आफ्नो आगामी खेल २१ जनवरीका दिन पाकिस्तानसँग खेल्नेछ ।

यो हारपछि ४ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहेको नेपालको उपाधि होड कठिन बनेको छ । उता ३ खेलबाट ७ अंक जोडेको बंगलादेश भने शिर्ष स्थानमा उक्लेको छ ।

त्यसैगरी सोमबार नै भएको अर्को खेलमा राम्रो प्रदर्शन गरिरहेको भुटानले श्रीलंकालाई ५–१ को अन्तरले हरायो । यो जितपछि भुटान ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ । पराजित श्रीलंका भने १ अंकका साथ छैठौं स्थानमा छ ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा दक्षिण एसियाका सातै देशका फुटसल टोलीहरु सहभागि छन् । लिगचरणको खेल पश्चात् प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।

 

Post Comments