News
चीन पहिलोपटक एएफसी यु–२३ एसियन कपको फाइनलमा
काठमाडौं (एजेन्सी) । समूह चरणबाटै सनसनीपूर्ण चुनौति पार गर्दै आएको चीन पहिलोपटक जारी एएफसी यु–२३ एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियाको जेद्दाह शहरमा भएको दोस्रो सेमिफाइनलमा चीनले भियतनाममाथि ३–० को प्रभावशाली जित हात पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
चीनले अब २४ जनवरीका दिन हुने फाइनलमा साविक विजेता जापानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पराजित भियतनामले भने २३ जनवरीका दिन दक्षिण कोरियासँग तेस्रो स्थानका लागि भिड्नेछ । स्मरण रहोस, पहिलो सेमिफाइनलमा जापानले दक्षिण कोरियालाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
Post Comments
Related News