News हरैचा स्पोर्टस सेमिफाइनलमा प्रवेश
गोलनेपाल

रामधुनी । संघर्षपुर्ण जित हासिल गर्दै हरैचा स्पोर्टस क्लब, हरैचा, मोरङ जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ हरैचाले सिमरबन क्लब, बराहक्षेत्र, सुनसरीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा हरैचा ३–२ ले विजयी बन्यो ।

खेलमा हरैचा स्पोर्टसका गोलरक्षक सोनित चौहान म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ ७ गतेको चौथो क्वाटरफाइनल खेल शान्तिनगर युवा क्लब, इटहरी र आयोजक जुडी फुटबल क्लब (निलो), रामधुनी बीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments