News
तनहुँमा तेस्रो चन्द्रावती कप हुँदै
भानु । चन्द्रावती युवा क्लब, भानु–१३, तनहुँको आयोजनामा यही माघ २७ देखि फागुन ४ गतेसम्म तेस्रो चन्द्रवाती कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
भानु नगरपालिका–१३ स्थित चन्द्रावती खेलमैदानमा हुने प्रतियोगिताको माघ २५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ५००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु ९८५६०५६१३४, ९८१६६७०७३६, ९८२८९८४१६९ र ९७६२८६०१६० मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments