News बारामा चौथो ल्होछार कप शुरु, विजयी शुरुवातका साथ रतनपुर युनाइटेड क्वाटरफाइनलमा
गोलनेपाल

निजगढ । बारा जिल्लाको निजगढमा बुधबारदेखि शुरु भएको चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।

बुद्धचोक मिनी स्टेडियममा भएको उद्घाटन खेलमा रतनपुर युनाइटेडले पर्सागढी युवा स्पोर्टसलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । रतनपुरको जितमा दुवै गोल आनन्द गुरोले गरे । टोलीको जितमा नायक बनेका रतनपुरका आनन्द गुरो म्यान अफ दि म्याच समेत चुनिए ।

साथै यो जितसँगै रतनपुर युनाइटेड क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ ८ गते बिहीबारको खेल हरिपुर युनाइटेड क्लब, हरिपुर–२, सर्लाही र हेटौडा फुटबल एकेडेमी, मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०। लाल, बाराको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

 

Post Comments