News गोल नेपालकर्मी सिटौला कृयाशिल खेल पत्रकारिताबाट सम्मानित
गोलनेपाल

तेह्रथुम । गोलनेपाल डटकमका खेलकुद पत्रकार तुलसी सिटौला र पत्रकार प्रकाश पाक्सावा गृह जिल्ला तेह्रथुममा कृयाशिल खेल पत्रकारितामा पुर्याएको योगदानको कदर स्वरूप नगद सहित सम्मानित भएका छन् ।

तेह्रथुम जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन सत्रका अवसरमा आठराई गाउँपालिकाको पर्यटकीय क्षेत्र झाक्री गुफामा आयोजित कार्यक्रममा दुबै पत्रकारलाई सम्मान गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले जिल्लामा खेलकुद पत्रकारिताको विकास र प्रोत्साहन गर्ने उद्देश्यले १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितादेखि नगदसहित कृयाशिल खेल पत्रकार सम्मान सुरू गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत गोलनेपाल डटकमका तुलसी सिटौला यस वर्ष पनि नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित सम्मानित भएका हुन् । सिटौला गत वर्ष पनि छथर गाउँपालिकाको शुक्रबारेमा आयोजित कार्यक्रममा सम्मानित भएका थिए ।

यसैगरी, पत्रकार प्रकाश पाक्सावालाई पनि कृयाशिल खेल पत्रकारितामा योगदान पुर्याएकोमा नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

Post Comments