News डन बस्को र आदर्श मावि फाइनलमा भिड्ने
गोलनेपाल

बिराटनगर । डन बस्को बोर्डिङ स्कुल, बिराटनगर र आदर्श माध्यमिक विद्यालय, बिराटनगर मोरङमा जारी प्रथम मेयर कप इन्टर स्कुल छात्र फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न भएका दुई सेमिफाइनल खेलहरुको नतिजासँगै सेमिफाइनल समिकरण पनि पूरा भएको हो । शहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा डन बस्कोले सेन्ट जोसेफ बोर्डिङ स्कुल, बिराटनगरलाई १–० ले हरायो । डन बस्कोका लागि प्रकाश कामतले एक मात्र गोल गरे । खेलको म्यान अफ दि म्याच भने डन बस्को कै उदेश केसी घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलतर्फ आदर्श माविले जनता मावि, बिराटनगरलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ आदर्शका लागि रुपम बोहराले गोल गरे भने जनताका लागि प्रेम राजवंशीले गोल गरेका थिए । खेलमा आदर्श माविकै गोलरक्षक योगेश राजवंशी म्यान अफ दि म्याच चुनिए ।

बिराटनगर नगरपालिका, मोरङको आयोजनामा जारी प्रतियोगिताको अब यही माघ ११ गते हुने फाइनलमा डन बस्को बोर्डिङ स्कुल र आदर्श माध्यमिक विद्यालय उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments