News धरान स्पोर्टस फाइनलमा, उपाधिका लागि हरैचा स्पोर्टससँग भिड्ने
गोलनेपाल

रामधुनी । धरान स्पोर्टस क्लब, सुनसरी जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरान स्पोर्टसले शान्तिनगर फुटबल क्लब, इटहरीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । धरान स्पोर्टसको जितमा दुवै गोल तिलक लावतीले गरे । उता पराजित शान्तिनगरका लागि भुवन बस्नेतले एक मात्र गोल फर्काएका थिए । खेलमा दुई गोल गर्दै टोलीको जितमा नायक बनेका धरान स्पोर्टसका तिलक लावती म्यान अफ दि म्याच बने ।

धरान स्पोर्टसले अब माघ १० गते शनिबार नै हुने फाइनलमा हरैचा स्पोर्टस क्लब, हरैचा, मोरङसँग उपाधिका लागि भिड्नेछ ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments