मेरिङ्देन । आयोजक प्रगतिशील युवा क्लब (रातो), मेरिङ्देन–४, लिङतेप, ताप्लेजुङ घरेलु मैदान मै जारी प्रथम लिङ्तेप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा प्रगतिशीलले मानाभारा युवा स्र्पोटिङ क्लबलाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रगतिशीलको जितमा सबिन तामाङ, शिशिर राई, नबिन भुजेल र दिपेश लिम्बुले गोल गरे । उता पराजित मानाभाराका लागि भने आरके कन्दङ्वाले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा प्रगतिशीलका सबिन तामाङ म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत माघ ११ गते आइतबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुने आयोजकले जानकारी दियो । दिनको १ बजे हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ साथीभाई युवा क्लब, फुङलिङ र पुवाजुङ फुटबल क्लब, इलाम भिड्नेछन् भने ३ बजे हुने दोस्रो खेल तथा अन्तिम क्वाटरफाइनलमा पि.एल.एम.वाई.सी., खाम्लुङ र कुम्मायक कुसायक, पाँचथरबीच हुने आयोजकले जानकारी दियो ।
प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेप, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १३ गतेका दिन हुनेछ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई