News
आर्मी रोकियो, प्लानिङको पावरफुल जित
काठमाडौं । राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरु मध्ये एक खेल बराबरीमा सकिएको छ भने अर्को खेलमा रोमाञ्चक जितको नतिजा निस्किएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले लालीगुराँस एसोसिएशनसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि अपराजित लालीगुराँसको खातामा चार खेलबाट १० अंक छ । उता आर्मीसँग भने पाँच अंक रहेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा प्लानिङ ब्वाईज युनाइटेडले सातदोबाटो युथ क्लबलाई ४–२ ले हरायो । प्लानिङ ब्वाईजका लागि फागुराम थारुले दुई गोल गर्दा रोमन भुजेल र एलेक्स विलानेको नाममा एक–एक गोल रह्यो । उता सातदोबाटोका लागि भने बोबिरशोह सोबिरोव र फोडे फोफनाले गोल गरेका थिए ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”