News
आर्मी रोकियो, प्लानिङको पावरफुल जित
काठमाडौं । राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरु मध्ये एक खेल बराबरीमा सकिएको छ भने अर्को खेलमा रोमाञ्चक जितको नतिजा निस्किएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले लालीगुराँस एसोसिएशनसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि अपराजित लालीगुराँसको खातामा चार खेलबाट १० अंक छ । उता आर्मीसँग भने पाँच अंक रहेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा प्लानिङ ब्वाईज युनाइटेडले सातदोबाटो युथ क्लबलाई ४–२ ले हरायो । प्लानिङ ब्वाईजका लागि फागुराम थारुले दुई गोल गर्दा रोमन भुजेल र एलेक्स विलानेको नाममा एक–एक गोल रह्यो । उता सातदोबाटोका लागि भने बोबिरशोह सोबिरोव र फोडे फोफनाले गोल गरेका थिए ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान