News एएफसी फुटसल एसियन कप शुरु, इराक, इण्डोनेसिया, थाइल्याण्ड र भियतनाको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा शुरु भएको १८औं एएफसी फुटसल एसियन कपतर्फ पहिलो दिन इराक, आयोजक इण्डोनेसिया, गत संस्करणको उपविजेता थाइल्याण्ड र भियतनामले विजयी शुरुवात गरेका छन् ।

समूह ए तर्फको खेलमा इराकले किर्गिस्तानमाथि ४–२ को जित निकाल्यो भने सोही समूहको अर्को खेलमा इण्डोनेसियाले दक्षिण कोरियालाई ५–० ले निराश तुल्यायो ।

त्यस्तै समूह बी तर्फ थाइल्याण्डले लेबनानमाथि २–० को जित निकाल्यो भने सोही समूहको अर्को खेलमा भियतनामले कुवेतमाथि ५–४ को रोमाञ्चक जित हात पार्यो ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल खेल ७ फेब्रुअरीका दिन हुनेछ । प्रतियोगिताको गत संस्करण इरानले जितेको थियो ।

Post Comments