News युनाइटेड युवा क्लब चौथो ल्होछार कपको फाइनलमा
गोलनेपाल

निजगढ । युनाइटेड युवा क्लब, बर्दिबास, महोत्तरी यहाँ जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले एभरेष्ट एकेडेमी, लालबन्दी, सर्लाहीलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । बुद्ध चोक मिनी स्टेडियममा भएको खेलमा युनाइटेडका लागि विश्व लामाले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच पनि युनाइटेड कै रबी रखाल मगर चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ १५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक योङ स्टार युनाइटेड क्लब, निजगढ, बारा र निजगढ सिटी क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

Post Comments