छातेढुङ्गा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा जारी माघे मेला खुल्ला पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक होडा नागेश्वरी युथ क्लबलाई १-० गोलले पराजित गर्दै लुङछाता एफसी छातेढुङ्गा सेमिफाइल प्रवेश गरेको हो ।
दोस्रो क्वाटर फाइनलमा सिदिङ्वा स्पोर्टिङ क्लब ताप्लेजुङ निर्धारित समयमा खेल मैदानमा उपस्थित नभएपछि सिताराम युवा क्लब टुडिखेल छातेढुङ्गाले नेट बल मार्फत सेमिफाइनल स्थान पक्का गरेको हो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा लिसिबुङ एफसीलाई १-० गोलले पराजित गर्दै सिर्जनशिल युवा क्लब खाम्लालुङले सेमिफाइनल स्थान पक्का गर्यो ।
त्यसैगरी अन्तिम क्वाटरफाइनलमा जस्ट फ फन एफसी सक्रान्ति बजारले याकुम्बा गढि चुहानडॉडालाई ४-० गोलले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गरेको हो ।
प्रतियोगिताको पॉचौ दिन माघ १५ गते सेमिफाइनलका दुबै खेल हुनेछन । पहिलो सेमिफाइनलमा लुङछाता एफसी छातेढुङ्गा र सिर्जनशिल युवा क्लब खाम्लालुङ बिच बिहानको १० बजे प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ ।
त्यस्तै दोस्रो समिफाइनलमा सिताराम युवा क्लब टुडिखेल र जस्ट फ फन एफसी सक्रान्ति बजार दिनको २ बजे खेल हुने आयोजकले बताएको छ ।
माघ १६ गते सम्म सन्चालन हुने खुल्ला पुरूष तर्फको विजेताले नगद एक लाख सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ६० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
खुल्ला महिला तर्फको विजेताले १५ हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्फि प्राप्त गर्नेछन ।