News प्रयासको निर्णायक गोलले फुलबारी सेमिफाइनलमा
सुरज राना मगर

सैनामैना । झिनो अन्तरको जितका साथ फुलबारी गाईज, बुटवल यहाँ जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलतर्फ बाई पाएको फुलबारीले फोर ब्रदर्श, नवलपरासीलाई १–० को झिनो अन्तरले हरायो । सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलको दोस्रो हाफतर्फ ११औं मिनटमा प्रयास तामाङले फुलबारीका लागि एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता प्रयास तामाङ नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २९ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र कपिलवस्तु जिल्ला फुटबल संघबीच हुने आयोजकले जनाएको छ ।

जनप्रिय स्र्पोटिङ क्लबको आयोजना र सैनामैना नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

Post Comments