News नेपालको पहिलो जित, निर्णायक भिडन्त बंगलादेशसँग
गोलनेपाल

पोखरा । साफ यु-१९ महिला च्याम्पियनसिपतर्फ नेपालले सोमबार पहिलो र महत्त्वपूर्ण जित हात पारेको छ ।

आफ्नो पहिलो खेलमा भारतसँग पराजित हुन पुगेको नेपालले सोमबार भुटानलाई २-१ ले हराउँदै महत्त्वपूर्ण जित दर्ता गरेको हो ।

नेपालले अब फाइनल प्रवेशका लागि लिगचरणको अन्तिम तथा निर्णायक खेलमा ४ फेब्रुअरीका दिन बलियो बंगलादेशको सामना गर्नेछ । उता बंगलादेशले सोमबार नै भएको अर्को खेलमा भारतलाई २-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो ।

त्यस्तै ४ फेब्रुअरी कै दिन भारतले भुटानसँग खेल्नेछ । दुई खेलबाट ६ अंकसहित बंगलादेश फाइनल प्रवेश गरिसक्दा समान ३/३ अंक जोडेका नेपाल र भारत मध्ये एक टोलीको फाइनल टिकट ४ फेब्रुअरी कै दिन टुंगो लाग्नेछ । अंकविहीन भुटान अझै पुछारमा छ ।

 

Post Comments