लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। सोमबार सम्पन्न अन्तिम प्रि क्वाटरफाइनलमा मकवानपुर फुटबल संघ हेटौडा र वेङ्ग्खाडी युवा क्लब महोत्तरी प्रतिस्पर्धा गरेका थिए।
सोमबार सम्पन्न उक्त खेलमा मकवानपुर फुटबल संघ हेटौडालाई १ - ० गोलन्तरले पराजित गर्दै वेङ्ग्खाडी युवा क्लब महोत्तरी प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको हो। महोत्तरीलाई जित दिलाउने क्रममा दोस्रो हाफको पाँच मिनेटमै उत्कृष्ट गोल गर्दै रन्जित आले मगरले अग्रता दिलाएका थिए।
त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट थप गोल हुन नसक्दा रन्जितको उक्त गोलनै निर्णायक बन्न पुगेको थियो। उक्त खेलमा निर्णायक बनेका रन्जित आले मगर खेलको नायक घोषित हुँदै नगद रु.२,५०० सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन्।
मङ्गलबार प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र भरतपुर फुटबल क्लब चितवन दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा