लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। सोमबार सम्पन्न अन्तिम प्रि क्वाटरफाइनलमा मकवानपुर फुटबल संघ हेटौडा र वेङ्ग्खाडी युवा क्लब महोत्तरी प्रतिस्पर्धा गरेका थिए।
सोमबार सम्पन्न उक्त खेलमा मकवानपुर फुटबल संघ हेटौडालाई १ - ० गोलन्तरले पराजित गर्दै वेङ्ग्खाडी युवा क्लब महोत्तरी प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको हो। महोत्तरीलाई जित दिलाउने क्रममा दोस्रो हाफको पाँच मिनेटमै उत्कृष्ट गोल गर्दै रन्जित आले मगरले अग्रता दिलाएका थिए।
त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट थप गोल हुन नसक्दा रन्जितको उक्त गोलनै निर्णायक बन्न पुगेको थियो। उक्त खेलमा निर्णायक बनेका रन्जित आले मगर खेलको नायक घोषित हुँदै नगद रु.२,५०० सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन्।
मङ्गलबार प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र भरतपुर फुटबल क्लब चितवन दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न