जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा विभागीय भिडन्त हुने पक्का भएको छ । बुधबार एपिएफले जित आफ्नो पक्षमा पारेपछि फाइनलमा पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो ।
नैकाप खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रुस्लान थ्रीस्टार क्लबलाई सडन डेथमा हरायो । यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटबाट निकालिउको थियो ।
तर पेनाल्टी शुटआउटमा पनि नतिजा ननिस्किएपछि सडन डेथको सहारा लिनुपरेको थियो । जसमा एपिएफले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अब एपिएफले उपाधिका लागि मंसिर १४ गते नेपाल पुलिसको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्ने खेल संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै