News चन्द्रागिरी गोल्डकपको फाइनलमा ‘विभागीय भिडन्त’ पक्का
गोलनेपाल

जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा विभागीय भिडन्त हुने पक्का भएको छ । बुधबार एपिएफले जित आफ्नो पक्षमा पारेपछि फाइनलमा पुलिससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

नैकाप खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रुस्लान थ्रीस्टार क्लबलाई सडन डेथमा हरायो । यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटबाट निकालिउको थियो ।

तर पेनाल्टी शुटआउटमा पनि नतिजा ननिस्किएपछि सडन डेथको सहारा लिनुपरेको थियो । जसमा एपिएफले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अब एपिएफले उपाधिका लागि मंसिर १४ गते नेपाल पुलिसको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार हात पार्ने खेल संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

Post Comments