News सहज जितका साथ लिस्नु क्वाटरफाइनलमा
गोलनेपाल

लिस्नु युवा क्लब यहाँ जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बाघधुरा, देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा लिस्नुले केरवानी स्र्पोटिङ क्लबलाई ४–२ ले हरायो ।

लिस्नुको जितमा गोविन थापा, सन्जित गुरुङ, निकेश गुरुङ र फनेश गाहाले गोल गरे । उता पराजित केरवानीका लागि डेनी थापा र प्रदिप मगरले गोल फर्काएका थिए ।

आइतबारको खेलमा लिस्नु युवा क्लबका गोलरक्षक सागर रोका मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ९ गते सोमबारको खेल रानीगञ्ज युवा क्लब र डिएमसी, तुल्सीपुरबीच हुने आयोजकले जनाएको छ ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २१ गतेका दिन हुनेछ ।

Post Comments