News राष्ट्रिय लिगमा मच्छिन्द्रको पाँचौं जित
गोलनेपाल

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले शुक्रबार लिगमा आफ्नो पाँचौं जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई २–० ले हराउँदै पाँचौं जित दर्ता गरेको हो । मच्छिन्द्रको जितमा प्रदिप बुढाथोकी र फ्रान्क आइस्याकले एक–एक गोल गरे ।

यो जितपछि ६ खेलबाट १६ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको शिर्ष स्थानमा छ । उता समान खेलबाट ४ अंक मात्र जोडेको भगवती लिगतालिकाको १५औं स्थानमा संघर्षरत छ ।

 

Post Comments