News
राष्ट्रिय लिगमा मच्छिन्द्रको पाँचौं जित
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले शुक्रबार लिगमा आफ्नो पाँचौं जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई २–० ले हराउँदै पाँचौं जित दर्ता गरेको हो । मच्छिन्द्रको जितमा प्रदिप बुढाथोकी र फ्रान्क आइस्याकले एक–एक गोल गरे ।
यो जितपछि ६ खेलबाट १६ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको शिर्ष स्थानमा छ । उता समान खेलबाट ४ अंक मात्र जोडेको भगवती लिगतालिकाको १५औं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”