News धरानको चुनौति पन्छाउँदै लालीगुराँस २६औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धरान । पाहुना टोली लालीगुराँस एसोसिएसन, पोखरा सुनसरीमा जारी प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो सेमिफाइनलमा लालीगुराँसले घरेलु टोली धरान फुटबल क्लब, सुनसरीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । धरान रंगशालामा निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरमा लालीगुराँस ५–४ ले विजयी बन्यो । खेलमा लालीगुराँसका गोलरक्षक कुम्बा देउवा म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २७ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल झापा–११ फुटबल क्लब, झापा र सातदोबाटो युथ क्लब, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २ गतेका दिन हुनेछ ।

Post Comments