News १५औँ खुम्बु ल्होसार कपः खुम्बु युनाइटेड र आमादब्लाम युवा क्लब विजयी
गोलनेपाल

महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमद्वारा आयोजित १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको चौथो दिनका खेलहरू रोमाञ्चक बनेका छन्।

आजको पहिलो खेलमा खुम्बु युनाइटेडले नाम्चे युथ ग्रुपलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ९औँ मिनेटमा नाम्चे युथ ग्रुपका लागि ताशी दोर्जे शेर्पाले गोल गर्दै अग्रता दिलाए। तर त्यसपछि खुम्बु युनाइटेडले खेलमा उत्कृष्ट पुनरागमन गर्यो।

२१औँ मिनेटमा दावा छेरिङ शेर्पाले बराबरी गोल, ३८औँ मिनेटमा दावा स्टेबन शेर्पाले अग्रता गोल तथा ५३औँ मिनेटमा सोनाम शेर्पाले निर्णायक गोल गर्दै खुम्बु युनाइटेडलाई जित दिलाए।
उत्कृष्ट प्रदर्शन गरेका दावा स्टेबन शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

आजकै दोस्रो खेलमा आमादब्लाम युवा क्लबले थाम्मीचोवा टोलीलाई १–० ले पराजित गरेको छ। खेलको ३०औँ मिनेटमा जिक्मे शेर्पाले गरेको गोल नै निर्णायक बन्यो।
यस खेलका कर्मा ताशी शेर्पा प्लेयर अफ द म्याच घोषित भए। प्लेयर अफ द म्याचले प्रमाणपत्र, मेडलसहित नगद ३,००० रुपैयाँ प्राप्त गरेका छन्।

 

Post Comments