News ताप्लेजुङको नाल्बुमा जारी वडा स्तरीय पुरूष फुटबलको सेमिफाईनल समिकरण पूरा
गोलनेपाल

मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुधबार सम्पन्न पहिलो क्वाटरफाईनलमा मेरिङदेन २ सान्थाक्रा उपस्थित नभए पछि आठराई त्रिवेणी ३ हाङपाङ नेट बल मार्फत प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

त्यस्तै दोस्रो क्वाटर फाइनलमा पनि मेरिङदेन ४ लिङतेप अनुपस्थित भएपछि आयोजक निलो नेट बल मार्फत नै सेमिफाइनल पुगेको हो ।

त्यस्तै तेस्रो क्वाटर फाइनलमा फालेलुङ ६ पॅाचथरलाई पेनाल्टि सुट आउटमा ५-३ गोलले पराजित गर्दै मैवाखोला ३ सॅाघुले सेमिफाइनलमा हाङपाङसंगको भेट पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भए पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।

त्यसैगरी अन्तिम क्वाटर फाइनलमा फक्ताङलुङ ३ लिङखिमले फुङलिङ १ लाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा आयोजक निलो संगको भेट निश्चित गरेको छ ।

बुधबार नै खुल्ला वडा स्तरीय महिला फुटबलको एक क्वाटर फाइनल खेल सम्पन्न भएको छ । जसमा मैवाखोला ६ फाकुम्बालाई १-० ले पराजित गर्दै मेरिङदेन ५ थुकिमा प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

महिला तर्फ ६ वटा टिमको सहभागिता रहेको छ । महिला तर्फको अन्तिम क्वाटर फाइनल बिहिबार हुने खेल तालिका रहेको छ । प्रतियोगिताको पॅाचौ दिन माघ २९ गते सेमिफाइनलका सबै खेल हुने खेल तालिका रहेको छ । बिहीबार हुने पहिलो सेमिफाइनलमा आठराई त्रिवेणी ३ हाङपाङ र मैवाखोला ३ सॅाघु भिडनेछन ।

फागुन १ गते सम्म सन्चालन हुने प्रतियोगिताअन्तर्गत पुरुषतर्फ विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ५१ हजार १ सय रुपैयाँ र उपविजेताले ३१ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन्।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको समाजका सचिव योगेन नाल्वोले जानकारी दिनुभयो।

आयोजकका अनुसार पुरुष फुटबलतर्फ सेमिफाइनलमा पुग्ने दुई टिमलाई दश हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिनेछ। साथै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

Post Comments