गोरखा । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर -१० स्थित छेवेटार खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप अन्तर्गत आयोजक जिल्ला खेलकुद विकास समिति गोर्खा र विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँ बीचको पहिलो सेमीफाइनल खेल सम्पन्न भएको छ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेल घरेलु मैदानमा आयोजक गोरखालाई ३ – ० को फराकिलो नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो।
पुलिसको शानदार जितमा खेलको १८ औं मिनेटमा भरत शाहले गोल गर्दै आफ्नो टोलीको लागि खाता खोलेका थिए । लगत्तै खेलको २२ औँ मिनेटमा विकास विकले गोल गर्दा ३८ औं मिनेटमा हेम तामाङले गोल गरेका हुन। पहिलो हाफमानै तीन गोलको अग्रता बनाएको नेपाल पुलिस क्लब दोस्रो हाफमा भने थप गोल गर्न सकेन।
उता पराजित भएको घरेलु टोली दोस्रो हाफमा निकै राम्रो खेल प्रदर्शन गरेतापनि खेलमा फर्किन नसकेपछि यस प्रतियोगिताबाट बाहिरिन पुगेको छ। उक्त खेलमा प्रभावशाली खेल प्रदर्शन गरेका नेपाल पुलिसका सन्तोष हेमरुङ ''म्यान अफ द म्याच'' बन्दै नगद रु.५००० प्राप्त गरेका छन्।
बिहिबार प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल चित्लाङ फुटबल क्लब र श्री टोखा भगवती दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन