काठमाडौं । महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमद्वारा आयोजित १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पाँचौँ दिनको पहिलो खेलमा आयोजक टोली महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम ‘फराक’ ले खुम्बु याम्बु शेर्पा सोसाइटीलाई १–० गोल अन्तरले पराजित गरेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजकका लागि पेम्बा स्माइल शेर्पाले खेलको ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका पेम्बा स्माइल शेर्पा नै खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले प्रमाणपत्र, मेडलसहित नगद रु. ३,००० प्राप्त गरे।
त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा खुम्जुङ युथ क्लबले खुन्दे कम्युनिटी क्लबलाई २–० ले पराजित गरेको छ। खुम्जुङका फुरा ल्ब्रा शेर्पाले २८औँ र ५८औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। उत्कृष्ट प्रदर्शनका कारण फुरा ल्ब्रा शेर्पा पनि खेलको प्लेयर अफ द म्याचघोषित भए।
जित हात पारेका आयोजक महेन्द्र ज्योति र खुम्जुङ युथ सेमिफाइनलमा समेत प्रवेश गरेका छन् ।
भोलि हुने खेलहरूमा पहिलो खेल थामिचो युथ क्लब र खुम्बु युनाइटेड बीच हुनेछ भने दिउँसो ४ बजे नाम्चे युथ ग्रुप र आमादब्लाम फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै